कोरोना संक्रमित निको हुने दर दैनिक बढ्दो

काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको निको हुने दर दैनिक बढ्दै गएको छ । तीन दिनदेखि लगातार निको हुने संक्रमितको दर उकालो लागेको हो ।

दैनिक नयाँ संक्रमित थपिने भन्दा न्यूनसंख्यामा मात्र कोरोना संक्रमित निको हुँदै आएका थिए । तर तीन दिन यता भने नयाँ संक्रमितको संख्या भन्दा निको हुनेको संख्या उच्च हुन थालेको हो ।

पछिल्लो २४ घण्टामा देशमा ६ हजार ९ सय ५१ जना संक्रमित थपिएका छन् । २० हजार १ सय १० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६ हजार ९ सय ५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ । यही अवधिमा थप ९ हजार ८४१ जना निको भएका छन् ।

नेपालमा निको हुने दर ७८.१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ९६ जनाले ज्यान गुमाएका छन् ।

Back to top button