
संखुवासभा । खाँदबारी ३ चिसापानी गुम्बा टोलमा एक बालिकाको नालामा डुबेर मृत्यु भएको छ । स्थानीय सुरेश गुरुङकी ३ वर्षीया छोरी एलिसा गुरुङको मृत्यु भएको हो ।
खेल्ने क्रममा घर अगाडिको सडकको नालाको पानीमा डुबेर घाइते बालिकाको खाँदबारी १ स्थित गोपाल भगत मेमोरियल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी संखुवासभाले जनाएको छ ।