२४ घण्टाभित्र स्पष्टीकरण नदिए अध्यक्ष ठाकुरसहित ४ नेतालाई पिार्टीबाट नष्काशनको चेतावनी

काठमाडौं । जसपाको अध्यक्ष महन्थ ठाकुरलगायत ४ नेतालाई २४ घण्टाभित्र स्पष्टीकरण लिएर नआए पार्टीबाट निष्काशन गरिने अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले चेतावनी दिएको छ ।

यसअघि सोधिएको स्पष्टीकरणको जवाफ नदिएको भन्दै पुनः २४ घण्टे स्पष्टीकरण सोधिएको यादव पक्षका एक नेताले बताउनुभयो । अध्यक्ष ठाकुरले पनि यादवलाई स्पष्टीकरण सोध्नु भएको छ ।

यो स्पष्टीकरणको खेलले जसपा फुट्ने निश्चित भएको राजनीतिक वृतमा चर्चा रहेको छ ।

Back to top button