
मोरङ । सुनवर्षी नगरपालिका ४ स्थित जागीटोलमा खाल्डोमा जमेको पानीमा ढुबेर एक बालिकाको मृत्यु भएको छ । स्थानीय बलबहादुर ताजपुरीयाकी ८ वर्षीया छोरी सन्तोषी ताजपुरियाको मृत्यु भएको हो ।
घर पछाडिको पानी जमेको खाल्डोमा डुबेको अवस्थामा मृतककी आमाले हेरेपछि तत्काल खाल्डोबाट निकालेर घर ल्याउँदा मृत्यु भएको जिल्ला प्रहरी मोरङले जनाएको छ ।