थाइल्याण्डबाट पठाएको स्वास्थ्यसामग्री नेपाल आइपुग्यो

काठमाडौं । थाइल्याण्डबाट पठाएको स्वास्थ्यसामग्री नेपाल आइपुगेको छ । त्यहाँका राजा महा भाजिरालङकर्णले बिशेष जहाज मार्फत स्वास्थ्य सामग्री पठाउनुभएको हो ।

कोभिड–१९ विरुद्ध लड्नका लागि आवश्यक सर्जिकल मास्क, पिपिई सेट, फेसशिल्ड, र्‍यापिड एन्टिजेन टेष्ट किट, अक्सिमिटरलगायतका स्वास्थ्य सामग्री नेपाल आइपुगेको हो । स्वास्थ्य सामग्री बोकेको विषेश जहाज बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासाफले राजाले पठाएको स्वास्थ्य सामग्री स्वास्थ्य तथा जसंख्या मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गर्नुभएको छ ।

विमानस्थलमा स्वास्थ्य मन्त्री त्रिपाठीसँगै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि पुग्नु भएको थियो । स्वास्थ्य सामग्री सहयोग गरेकोमा मन्त्री त्रिपाठीले नेपाल सरकारको तर्फबाट थाइल्याण्डलाई धन्यवाद दिनुभएको छ ।

Back to top button