बजेट स्वाधिन, सबल र सक्षम अर्थतन्त्र निर्माणमा केन्द्रित छ : मन्त्री आङ्बुहाङ

विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले संघीय सरकारले ल्याएको बजेट स्वाधिन, सबल र सक्षम अर्थतन्त्र निर्माण केन्द्रित रहेको बताउनुभएको छ ।

प्राकृतिक स्रोत, साधन र मानव संसाधनको परिचालन गरेर समाजवाद उन्मूख अर्थतन्त्र निर्माणका लागि सरकारले ल्याएको बजेट अत्यन्त राम्रो रहेको उहाँले बताउनुभयो । यसअघिका बजेटहरु बाटो, विजुली, खानेपानीलगायतका भौतिक संरचनामा केन्द्रित सिमेन्टेड मानसिकताबाट मात्र आउने गरेको भन्दै मन्त्री आङ्बुहाङले यो बजेट पूर्ण कार्यान्वयन भए मुलुकलाई समृद्धिको दिशामा लाग्ने बाटो तय गर्ने बताउनुभयो ।

स्वास्थ्योपचारमा आत्मनिर्भर बनाउने र दक्ष जनशक्ति उत्पादनका लागि स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर बजेट आएको,’ उहाँले भन्नुुभयो ‘युवाहरुलाई उद्यमशिल बनाउन ‘स्टार्टअप’ विजनेशका लागि १ प्रतिशत ब्याजमा र सर्टिफिकेट राखेर ५ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण दिने व्यवस्था बजेटको राम्रो पक्ष हो ।’

यस पटकको बजेटमा प्रदेश र स्थानीय तहको अनुदानमा वृद्धि हुनु सुखद पक्ष रहेको मन्त्री आङ्बुहाङको भनाई छ । संघले दिएकै अनुदानको आधारमा प्रदेश सरकार चलेको अवस्था रहेको भन्दै उहाँले संघीय सरकारले एकल र साझा अधिकार सूचीको विषयमा स्पष्ट कानुनी व्यवस्था गरेर प्रदेशलाई सक्षमता प्रदान गर्ने बाटो खोल्नु अपरिहार्य रहेको बताउनुभयो ।

यद्यपी पछिल्लो समय देखिएको राजनितिक विकृतीले बजेट कार्यान्वयनमा भने चुनौती देखिएको बताउनुभयो । अहिलेको राजनीतिक परिस्थितिले मुलुकमा पुनः राजनीतिक अस्थिरता निम्तिए बजेट कार्यान्वयन चुनौतिपूर्ण हुने उहाँको बुझाई छ । सवै दल मिलेर बजेटको पूर्ण कार्यान्वयनमा जोड दिनुपर्र्ने उहाँले तर्क गुर्नभयो । उहाँले भन्नुभुयो,‘राजनीतिक अस्थिरता ननिम्तियाई सबै दलहरु मिलेर अघि बढ्न सके आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि यो बजेट सार्थकसिद्ध हुन्छ ।’

Back to top button