औषधी कालोबजारी गर्ने एकजना पक्राउ

विराटनगर । औषधीको कालोबजारी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका– १५ रानी स्थित जनता मेडिकल स्टोर सञ्चालन गर्दै आएका स्थानीय ३५ वर्षीय रविकुमार रजकलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

रजकको घरको कोठाबाट फिजिसियन स्याम्पलका औषधी, मुटु सम्बन्धी औषधी, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफ सिरपलगायतका औषधी बरामद भएको छ ।

यस्तै कोठामा ७ कार्टुन लेवलिङ गरेको औषधीको खोलहरू भण्डारण गरी राखिएको पाइएको थियो । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले औषधीलगायतका सामान सहित रजकलाई पक्राउ गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा रजकले स्याम्पल औषधीलाई लेबलिङ गरिएका औषधीको खोलमा राखेर झुक्याई बिक्रि गर्ने गरेको पाइएको छ । रजकमाथि कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभएको छ ।

Back to top button