मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

झापा । शिवसताक्षी नगरपालिका ९ दुधे शिवगंञ्ज सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शिवसताक्षी ६ का ४० वर्षीय जिवनकुमार दर्जीको मृत्यु भएको हो ।

मे१२प २३८४ नम्बरको मोटरसाईकल चलाएर आउँदै गरेको अवस्थामा अनियन्त्रित भई सडकमा राखिएको गमलामा ठक्कर लागेर भएको दुर्घटनामा घाइते दर्जीको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी झापाले जनाएको छ ।

Back to top button