लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यको मतदानमा तीन जना अनुपस्थित, मतगणना केहिबेरमा शुरु हुने

बुटवल । लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य चयनका लागि भएको निर्वाचनको मतदान प्रकृया सम्पन्न भएको छ । मतदानका लागि ३ जना मतदाता अनुपस्थित भएका छन् ।

अनुपस्थित हुने मतदातामा राप्रपाबाट नेपालगन्ज उपमहानगरपालिकाको नगरप्रमुखमा निर्वाचित धवलशमशेर राणा, गुल्मि दरबार गाउँपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष अशोककुमार थापा र जसपाको उपेन्द्र यादव पक्षका बाँके नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमत हुनुहुन्छ ।

राणाले अहिलेको अवस्थामा उपनिर्वाचनमा जान आवश्यक नभएको भन्दै बहिष्कार गर्नुभएको हो भने थापा र इस्तियाक अहमत कोरोना संक्रमित भई उपचाररत हुनुहुन्छ ।

मतदानका लागि आज दिउँसो ३ बजेस्म्मको समयय तोकिएको थियो । मतगणना केहिबेरमा शुरु हुने र आजै नतिजा आउने बताइएको छ । निर्वाचन कार्यालयका अनुसार प्रदेशसभाका ८३ मध्ये शतप्रतिशत र स्थानीय तहका २१७ मध्ये २१४ जनाले मतदान गर्नुभएको छ ।

उपनिर्वाचनमा सत्तारुढ नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेससहितको गठबन्धनका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन छ ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ रहेको छ ।

Back to top button