२४ घण्टामा ६ हजार ४ सय १९ जना कोरोना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४ सय ९१ जना कोभिड संक्रमणबाट मुक्त भएका छन् । यससँगै सोमबारसम्म देशभर ४ लाख ४७ हजार ४४६ संक्रमित निको भइसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमितहरु निको हुने दर ७९ दशमलव ७ प्रतिशत हो । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

सोहि अवधिमा देशभर १ सय १४ जनाले ज्यान गुमाएका छन् । अहिले सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ७० जना रहेको छ ।

Back to top button