
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै हालतमा किसानलाई समयमा खेतिका लागि कृषि मल उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।
मन्त्रिपरिषद बैठकमा कृषि मन्त्री पद्मा अर्यालले समयमा कृषि मल खरिदका लागि जि टु जी विधिबाट भारतसँग प्रक्रिया अगाडि बढाउन प्रस्ताव ल्याएपछि प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनुभएको हो ।
बैठकले भारतसँग जि टु जि विधिबाट मल खरिद गर्ने निर्णय गरेको एक मन्त्रीले बताउनुभयो । सरकारस्तरमै सम्झौता गरेर जि टु जि विधिबाट मल खरिद गरी समयमा किसानलाई उपलब्ध गराउने मन्त्री अर्यालयले प्रतिबद्धता जनाउनुभयो ।