चीनबाट ८ लाख डोज खोप आज नेपाल आउँदै

काठमाडौं । चीनले अनुदान सहयोगमा उपलब्ध गराएको कोरोनाविरुद्धको १० लाख डोज खोपमध्ये ८ लाख आज नेपाल आउँदै छ ।

गएराति ११ बजे नै बेइजिङका लागि उडेको नेपाल एयरलायन्सको चार्टर बिमान खोप लिएर आज दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने नेपाल वायु सेवा निगमले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको कुराकानीपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले १० लाख डोज खोप अनुदान सहयोगमा उपलब्ध गराउने घाोषणा गर्नुभएको थियो ।

Back to top button