लागुऔषधसहित पक्राउ

सुनसरी । कोशी गाउँपालिका ३ नहर चोकबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको अररिया जिल्लमको बेला बासमतियाका २८ वर्षीय मजरुल हकलाई पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले डाईलक्स डिसि ५०२ थान, नाईट्रोसन २०० ट्याब्लेट, स्पास्मोप्रोक्सिभन प्लस २८८ ट्याब्लेटसहित पक्राउ परेको हकलाई लागुऔषध नियन्त्रण ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी सुनसरीले जनाएको छ ।

Back to top button