सिरियाली राष्ट्रपतिलाई चिनीयाँ समकक्षीको बधाई

चिनीयाँ राष्ट्रपति सि जिनपिङले सिरियाका राष्ट्रपति बसर अल असदलाई बधाई दिनुभएको छ । भर्खरै सम्पन्न निर्वाचनबाट भारी मतका साथ बिजयी असदलाई चिनीयाँ समकक्षी जिनपिङले बधाई सन्देश पठाउनुभएको हो ।

राष्ट्रपति जिनपिङले सन्देशमा चीन र सिरिया आपसका मित्र राष्ट्र हुन् भन्दै यी दुई देशका बीचको मैत्री तथा कूटनीतिक सम्बन्ध आगामी दिनमा पनि निरन्तर रहने बताउनुभएको छ । उहाँले सिरिया चीनसँग कूटनीतिक सम्बन्धलाई स्थापना गर्ने र कायम राख्ने अरबको एउटा पुरानो देश रहेको उल्लेख गर्नुभएको छ ।

आगामी दिनमा पनि चीन र सिरियाबीचको सम्बन्ध थप सुदृढ बन्ने विश्वास राष्ट्रपति जिनपिङको सन्देशमा उल्लेख छ । उहाँले कोभिड १९ का विरुद्धमा अहिले विश्वले संघर्ष गरिरहेको भन्दै सिरियालाई पनि चीनले यो महामारीका विरुद्धमा लड्न सहयोग गर्ने समेत बताउनुभएको छ ।

Back to top button