उपेन्द्र यादवद्वारा जसपाका अध्यक्ष ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्कासन

विराटनगर । जनता समाजवादी पार्टीको अध्यक्ष महन्थ ठाकुरलगायत चार जना नेतालाई जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीबाट निस्कासन गरेको छ ।

यादवले पार्टीको कार्यकारिणी समितिको बहुमतले अध्यक्ष ठाकुर, बरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निस्कासन गर्ने निर्णाय गरेको हो । उहाँहरुलाई पार्टीबाट निस्कासन गरेको पत्र निर्वाचन आयोगलाई पठाइसकिएको जसपाका एक नेताले बताउनुभयो ।

अध्यक्ष ठाकुरलगायतका नेतालाई पार्टीबाट निस्कासन गर्ने खेलले जसपा फुट्ने निश्चित भएको एक नेताले टिप्पनी गर्नुभयो ।

Back to top button