एमाले स्थायी समितिको निष्कर्ष : एकताको लागि थप लचकता अपनाउने

काठमाडौं । नेकपा एमालेको ओली पक्षले पार्टी एकताका लागि थप लचकता अपनाउने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको आज बसेको बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ ।

आजको वैठकमा स्पष्टीकरण सोधिएका नेपाल पक्षका १२ जना नेताहरुमाथी कारबाही गर्ने सम्बन्धमा छलफल नभई एकताका लागि हदैसम्म लचिलो बन्ने निष्कर्ष निकालेको ज्ञवालीले जानकारी दिनुभएको हो ।

यस्तै बैठकमा कोभिड १९ को रोकथाम र नियन्त्रणका बिषय र सर्वोच्च अदालतमा विचारधीन मुद्दाका विषयमा विपक्षीहरूबाट भएका गतिविधिका बारेमा समीक्षा भएको उहाँले बताउनुभयो ।

आजको वैठकमा गएराती एमालेका दोस्रो तहका नेताहरुबिच भएको छलफलको निष्कर्ष समेत ब्रिफिङ भएको स्रोतले जानकारी दिएको छ । अहिले पनि आफूहरुको प्रयास पार्टी एकता जोगाउने र धेरैभन्दा धेरै साथीहरु मुलधारमा राख्ने भएको प्रवक्ता ज्ञवालीले भन्नुभयो ।

Back to top button