सरकार र थरुहट संघर्ष समितिबीच सहमति, रेशम चौधरीलगायतको रिहाइका लागि पहल गरिने

काठमाडौं । सरकार र थरुहट संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आज सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

थारु कल्याणकारिणी सभा, थारुहट, थारुवान संयुक्त संघर्ष समितिबीच टिकापुर घटनामा आरोपित धनीराम चौधरी, रेशमलाल चौधरी, लक्ष्मण चौधरीलगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि पहल गर्ने सहमति भएको छ ।

यसैगरी, थरुहट आन्दोलनमा सहिद भएका परिवारमध्ये राहत पाउन छुटेका लाई राहत उपलब्ध गराउने, घाइतेको उपचार गर्नेलगायतका सहमति भएको छ । संविधान र सर्वोच्च अदालतको फैसलाअनुसार थारुहरुको आरक्षणलगायतका विषयमा पनि सहमति भएको छ ।

सहमतिपत्रमा सरकार तर्फबाट कानुनमन्त्री लीलानाथ श्रेष्ठसहित राजन भट्टराई र भगवती चौधरीको हस्ताक्षर रहेको छ भने संयुक्त संघर्ष समितिको तर्फबाट रुक्मिणी चौधरी, प्रेमलाल चौधरी,पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द प्रसाद चौधरीको हस्ताक्षर रहेको छ ।

Back to top button