चीनले दिएको ८ लाख खोप आइपुग्यो

काठमाडौं । चीनले अनुदानमा उपलब्ध गराएको ८ लाख डोज खोप नेपाल आइपुगेको छ। हिजो बेइजिङ गएको नेपाल एयरलायन्सको विमान आज दिउँसो खोप लिएर आइपुगेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले टेलिफोन गरी सहयोगका लागि आग्रह गरेपछि चिनियाँ समकक्षी सी जिनपिङले तत्काल १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । जसमध्ये निगमको बिमानले बेइजिङबाट ८ लाख डोज खोप ल्याएको हो।

यसैगरी, तिब्बतले प्रदान गर्ने २ लाखमध्ये १ लाख डोज खोप हिमालयन एयरलाइन्सको विमानले आज नै ल्याउने बताइएको छ ।

Back to top button