चार देशमा उडान अनुमति, वैदेशिक रोजगारबाट फर्किनेले ५ दिन क्वारेन्टिन बस्नुपर्ने

काठमाडौं । सरकारले ४ देशमा उडान अनुमति दिएसँगै वैदेशिक रोजगारीबाट फर्केका श्रमिकलाई ५ दिन होटेल क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ । तर विदेशबाट आएका यात्रुले भने ७२ घण्टा अघिको पिसिआर रिपोर्टसँगै १० दिन होटेल क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतमा दुई, चीन, कतार र मलेसियामा सातामा एक–एक वटा दुईतर्फी उडान गर्ने व्यवस्था गरेको छ । वैदेशिक रोजगारीबाट आएका श्रमिकले ५ दिन होटेल क्वारेन्टाइमा बसेपछि १० दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने मापदण्ड मन्त्रालयले ल्याएको हो ।

विदेशबाट आउने यात्रुले ७२ घण्टाको पिसिआर नेगेटिभ रिपोर्टका साथ १० दिन होटेल क्वारेन्टाइनमा बस्नुपर्ने मापदण्ड ल्याएको छ । हवाई उडानबाट आएका यात्रुले होटेल क्वारेन्टाइनको खर्च आफैले व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यसपछि पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि घर–गन्तव्यमा जान पाउने र पोजिटिभ आए १० दिन आइसोलेसन सेन्टरमा बस्नु पर्ने व्यवस्था गरिएको छ ।

आफन्तको अन्तिम संस्कारमा आएको, ज्येष्ठ नागरिक, बालबालिका र आमाबुवालाई स्थानीय तहको सिफारिसमा १० दिन होमक्वारेन्टाइनमा बसनुपर्ने व्यवस्था गरिएको छ ।

Back to top button