कारबाहीको होडबाजीले जसपा फुट्को अन्तिम संघारमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच चलेको कारबाहीको होडबाजीले फुट्को अन्तिम संघारमा पुगेको छ ।

यादवले अध्यक्ष ठाकुरलगायत चार नेतालाई पार्टीबाट निस्कासन गरेको केही समयपछि ठाकुरले पार्टीको संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र यादवलाई पनि पार्टीबाट निस्कासित गर्नुभएको छ ।

यादवले पार्टीको कार्यकारिणी सदस्यको बहुमतको आडमा अध्यक्ष ठाकुर, बरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई निस्कासन गर्नुभएको थियो ।

कारबाहीको होडमा जसपा फुट्को अन्तिम सँघारमा पुगेको छ । अब पार्टी फुटेको औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको एक नेताले बताउनुभयो ।

Back to top button