अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडान तालिका आज सार्वजनिक गरेको छ । तालिका अनुसार नेपाल एयरलायन्स, एयर इण्डिया, कतार एयरवेज र टर्किस एयरलायन्सले अन्तर्राष्ट्रिय उडान अनुमति पाएको हो ।

सरकारले भारतमा दुई, चीन, मलेसिया र कतारमा सातामा १–१ दिन नियमित उडान गर्ने स्विकृति दिएपछि प्राधिकरणले उडान तालिका सार्वजनिक गरेको छ ।

भारतको नयाँ दिल्लीमा नेपाल एयरलायन्सले बुधबार र एयर इण्डियाले शुक्रबार, कतारको दोहामा ७ जुनबाट नेपाल एयरलायन्स र कतार एयरवेजले प्रत्येक सोमबार, टर्कीको इस्तानबुलमा टर्किस एयरलायन्सले ३ जुनबाट हरेक बिहीबार उडान भर्ने तालिक सार्वजनिक गरेको हो । भारतमा एयर बबल स्किममा उडान हुने भनिएको छ ।

Back to top button