आशंकाको घेरामा लुम्बिनी प्रदेशको बजेट अधिवेशन

सभामुखले मुख्यमन्त्रीवरुद्ध अविश्वासको प्रस्ताव सदनमा ल्याउने सरकारको आशंका, सरकारले बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने विपक्षी दलहरुको आशंका

रूपन्देही । लुम्बिनी प्रदेशमा आजबाट सुरु भइरहेको प्रदेशसभाको बेजट अधिवेशन आशंकाको घेरामा छ । सरकार पक्षले यसअघि विपक्षी दलले दर्ता गराएको मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव सभामुख पूर्णबहादुर घर्तीले सदनमा पेश गर्ने सरकार पक्षको आशंका छ । यता विपक्षी दलहरुको सरकारले बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको आशंका को छ ।

यसैबीच, बजेट अधिवेशनको विषयमा धारणा बनाउन नेकपा एमाले संसदीय दलले अहिले बैठक बोलाएको छ । हालै सम्मपन्न लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनमा एमालेका दुई जना सांसदले पार्टीका उम्मेदवारलाई भोट नहालेको विषयमा पनि बैठकमा छलफल हुने एमालेका एक नेताले बताउनुभयो ।

Back to top button