विरोधपछि खाजा खर्च फिर्ता गर्ने फिनल्याण्डकी प्रधानमन्त्रीको घोषणा

फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले आफ्नो परिवारलाई सहुलियतमा आउने खाजाको पैसा फिर्ता गर्ने हुनुभएको छ । प्रधानमन्त्री मरिनले ब्रेकफाष्टमा नै अत्यधिक खर्च गरेको भन्दै सर्वत्र विरोध भएको थियो । सर्वत्र विरोध भएपछि उहाँले आफ्नो परिवारको सहुलियतको ब्रेकफास्टको पैसा १४ हजार यूरो राज्य कोषमा बुझाउने बताउनुभएको हो ।

३५ वर्षीया प्रधानमन्त्री मरिनलाई डेढ वर्षअघि कार्यालय लिएपछि निवासमा आउने बिहानको खाजाको सहुलियत थियो । यस्तै उहाँले भविष्यमा पनि खाना भत्ता नलिने घोषणा गर्नुभएको छ ।

२०१९ को डिसेम्बरमा अत्याधिक जनसमर्थनका साथ ३३ वर्षको उमेरमै प्रधानमन्त्रीमा नियुक्त हुँदा सन्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री तथा कम उमेरकी महिला प्रधानमन्त्री हुनुभएको थियो । उहाँको गठबन्धन सरकारमा वहुसंख्यक मन्त्री महिला र ३५ वर्ष मुनिका छन् ।

Back to top button