प्रदेश १ मा एक हजार ४२ संक्रमण मुक्त, ७१८ थपिए

विराटनगर । प्रदेश १ मा आज एक हजार ४२ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा ४४१ महिला र ६०१ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङबाट मात्रै आज ५४५ जना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ३८ हजार ४३० पुगेको छ ।

यस प्रदेशमा आज ७१८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३०२, झापामा २९३, सुनसरीमा ४५, इलाममा २७, सोलुखुम्वुमा १३, धनकुटामा ७, उदयपुरमा ४, खोटाङमा ३, पाँचथर, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ७१ महिला र ९६ पुरुषसहित १६७, सुन्दरहरैचामा २६, पथरीशनिश्चरेमा २३, केराबारीमा २०, सुनबर्षी, उर्लाबारी र बुढीगंगामा १०–१०, रतुवामाई र लेटाङमा ९–९, कटहरीमा ५, जहदामा ४, रंगेलीमा ३, बेलबारी र ग्रामथानमा २–२, धनपालथान र कानेपोखरीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

झापाको विर्तामोडमा ७४, भद्रपुरमा ३८, बुद्धशान्ति र अर्जुनधारामा ३३–३३, कनकाईमा २८, मेचीनगरमा २१, दमकमा १५, शिवसताक्षीमा १४, बाह्रदशीमा १२, कचनकवल र गौरीगञ्जमा ५–५, हल्दिबारीमा ४, कमल गाउँपालिका र झापा गाउँपालिकामा ३–३, गौरादहमा १ र स्थानीय तह नखुलेका ४, सुनसरीको इटहरीमा १६, हरिनगरमा ८, दुहवीमा ६, रामधुनी, देवानगञ्ज र बर्जुमा ३–३, गढी, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

इलामको माईजोगमाईमा ९, इलाम नगरपालिकामा ७, चुलाचुलीमा ४, सुर्योदयमा १ र स्थानीय तह नखुलेका ६, सोलुखुम्वुको नेचा सल्यानमा ७, माप्यदुधकोशीमा ६, धनकुटाको धनकुटा नगरपालिकामा ४, छथर, पाख्रिवास र चौवीसेमा १–१, उदयपुरको रौतामाईमा १ र स्थानीय तह नखुलेका ३, खोटाङको बराहपोखरी, ऐसेलुखर्क र दिक्तेल रुपाकोट मझुवागढीमा १–१, पाँचथरको, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ५९हजार ४६० पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार १०५ पुगेको छ । प्रदेश १ मा आज १ हजार ८०२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Back to top button