देशभर कोरोना संक्रमित निको हुनेको संख्या बढ्दै

विराटनगर । केहि दिन यता कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । आज पनि नयाँ संक्रमित थपिने भन्दा निको हुनेको संख्या उच्च रहेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ३ सय १६ जना नयाँ संक्रमित थपिँदा ७ हजार २ सय १९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको दर बढेर ८० दशमलव ८ प्रतिशत पुगेको छ । संक्रमित मध्ये ४ लाख ६१ हजार ५ सय ६३ जना निको भएका छन् ।

२४ घण्टामा १६ हजार ८ सय ७८ जनाको परीक्षण गरिएको थियो । ति मध्ये पीसीआर विधिबाट ४ हजार ५ सय २४ जना र एन्टिजेन विधिबाट ७ सय ९२ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ७१ हजार १ सय ११ पुगेको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९ सय ९३ रहेको छ ।

Back to top button