बेल्जियम सरकारद्वारा नेपाललाई १० लाख मास्क र दुई हजार नजल अक्सिजन क्यानल सहयोग

काठमाडौं । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा निदानका लागि बेल्जियम सरकारले नेपाल सरकारलाई १० लाख थान सर्जिकल मास्क र दुई हजार नजल अक्सिजन क्यानल सहयोग गरेको छ ।

बेल्जियम सरकारले सहयोग गरेको मासक र क्यानल प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Back to top button