प्रेस काउन्सिल अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

काठमाडौं । मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले नेपाल प्रेस काउन्सिल अध्यक्षमा बालकृष्ण बस्नेतलाई नियुक्त गरेको छ। दोलखा घर भएको उहाँको पदावधी चार वर्ष रहेन छ ।

कानुन व्यवसायीसमेत रहनुभएको बस्नेत लामो समय कान्तिपुर दैनिकमा काम गर्नु भएको छ । नेपाल पत्रकार महासंघको पूर्व केन्द्रिय सदस्य रहनुभएको उहाँ हालै सम्पन्न महासंघको निर्वाचनमा महासचिव पदमा पराजित हुनुभएको थियो ।

Back to top button