
पाँचथर । फाल्गुनन्द गाउँपालिका ४ चिलिङदेनमा धतुरोको तरकारी खाँदा एक जनाको मृत्यु भएको छ । स्थानीय ६८ वर्षीय लक्ष्मी नेम्वाङको मृत्यु भएको हो ।
बारीमा रहेको धतुरो टिपेर तरकारी खाँदा नेम्वाङको परिवारमा भएका सात सदस्य सबै बिरामी भएको जिल्ला प्रहरी पाँचथरले जनाएको छ ।
परिवारका सवै सदस्य बिरामी भएपछि उपचारका लागि पठाइएको थियो । नेम्वाङको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारका अन्य सदस्य भने निको भएर घर फर्किनु भएको छ ।