
विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिने निर्णय गरेकोमा धन्यवाद दिनुभएको छ ।
देउवाले समाजिक सञ्जालमा ट्विट गर्दै अमेरिकाको यो निर्णयले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
अकेरिकाको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले नेपाललाई खोप उपलब्ध गराउने घोषणा गरेको छ ।