बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीको रक्षाका लागि एकजुट हुन प्रचण्डको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी गुम्ने खतरा बढेकाले अग्रगामी शक्तीहरुलाई एकजुट हुन आग्रह गर्नुभएको छ ।

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिदै दाहालले समाजमा कायम जातीय छुवाछुत, भेदभाव, हिंसा संविधान र कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।

उहाँले स्थानीय तहहरुमा निगरानी समूह बनाएर जनचेतना अभिवृद्धि गरी भेदभावको अन्त गर्न सबैलाई जुट्नु अपरिहार्य भएको बताउनुभयो ।

Back to top button