
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले तराई, मधेसलाई मरुभूमीकरण गर्न र वातावरणीय सन्तुलन बिगार्ने निर्णय बारे स्पष्ट धारणा सार्वजनिक गर्न माग गर्नु भएको छ ।
उहाँले ट्विट गर्नै सरकारले बजेट वत्तल्व्यमा ल्याएको ढुंगा, गिट्टी, बालुवा निकासीले चुरे पहाड सखाप हुनुका साथै वन जंगलको विनास, जैविक विविधताको नष्ट, वातावरणी असन्तुलनका साथै पानीको मुहान समाप्त भएर तराई मधेस मरुभूमीकरण गर्ने कार्य स्विकार्य नहुने बताउनुभएको छ ।