प्रदेश २ सरकारमा कांग्रेसलाई सहभागी हुन आग्रह

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कांग्रेसलाई प्रदेश २ सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ । यादवले कांग्रेस सभापति बिमलेन्द्र निधीलाई भेटेर आज सरकारमा सहभागी हुन आग्रह गर्नुभएको हो ।

यादवसँगको भेटमा निधीले अबको बाँकी कार्यकाल कांग्रेसको नेतृत्वमा प्रदेश २ सरकार सञ्चालनका लागि प्रस्ताव राख्नुभएको एक नेताले बताउनुभयो ।

अध्यक्ष यादवले अहिले सरकारमा सहभागी हुँदा पछि नेतृत्वको विषयमा छलफल गर्दै जाने बिचार राख्नुभएको यादव निकट एक नेताले बताउनुभयो । निधीसँगको भेट लगतै यादव जनकपुर आउनुभएकोले बाँकी विषयमा पछि छलफल गर्ने सहमति भएको छ ।

जसपा अध्यक्षद्वय यादव र महन्थ ठाकुरबीचको विवादको असर प्रदेश २ सरकारमा परेको छ । प्रदेश २ मा अहिले जसपाको एकल सरकार छ ।

केन्द्रको विवादले जसपाका यादव पक्षका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ठाकुर पक्षका मन्त्रीहरुलाई हटाउन खोजेकाले कांग्रेसलाई सरकारमा सहभागी हुन आग्रह गरेको हो ।

Back to top button