जसपा ठाकुर पक्षले टुंग्यायो सरकारमा जानेको नाम

काठमाडौं । जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम छनौट गरेको छ । तर मन्त्रालयको विषय टुंगिन बाँकी रहेको एक नेताले बताउनुभयो । मन्त्रालयको विषयमा ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा अहिले छलफल भइरहेको छ ।

संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, एकवाल मियाँ र रेनुका गुरुङ सरकारमा सहभागी हुने जसपाका एक नेताले बताउनुभयो । उहाँहरुमध्ये ८ जनना मन्त्री र २ जना राज्यमन्त्री बन्नु हुनेछ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजेन्द्र महतो, जलस्रोत तथा सिँचाई मन्त्रालयमा शरतसिंह भण्डारी, शहरी विकास मन्त्रालयमा अनिलकुमार झा, खानेपानी मन्त्रालयमा विमल श्रीवास्तव र युवा तथा खेलकुद मन्त्रालयमा उमाशंकर अरगरिया जाने कुरो भएको एक नेताले बताउनुभयो ।

अहिले राजकिशोर यादव र लक्ष्मणलाल कर्णको मन्त्रालय टुंगो लगाउन अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीसँग छलफल गरिरहनु भएको ती नेताले बताउनुभयो ।

मन्त्रालयको विषय टुंगिएपछि आजै साँझ सपथ ग्रहण हुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

Back to top button