कर्णाली प्रदेशको बजेट अधिवेशन जेठ २४ गते आह्वान

सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्द कलौनीले प्रदेशसभाको बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा जेठ २४ गते दिउँसो २ बजे बैठक आह्वान गरिएको उल्लेख छ ।

कर्णाली सरकारले मन्त्रिपरिषदको बैठकले बजेट अधिवेशन आह्वानका लागि सिफारिस गरेपछि प्रदेश प्रमुख कलौनीले आज आह्वान गर्नु भएको छ ।

Back to top button