थापाद्वारा सांसद पद कायम राख्न सर्वोच्चमा रिट

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य पद गुमाएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले आफूले पार्टी नछाडेको र पार्टीको ह्विप पनि उलंघन नगरेकोले सांसद पद कायम राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।

जनमोर्चाले थापालाई प्रदेशसभा सदस्यबाट निस्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो । बिहीबार बसेको प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले उक्त पत्र पढेर सदनलाई जानकारी गराएपछि उहाँ पदमुक्त हुनुभएको थियो ।

Back to top button