सुनसरीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्बियो

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ ३१ गते मध्यरातीसम्म निषेधाज्ञा लम्ब्याएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । सुनसरीमा वैशाख १४ गतेपछि निषेधाज्ञा थपिएको यो पाँचौ पटक हो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले समितिको निर्णय अनुसार शनिबार मध्यरातिसम्मको निषेधाज्ञालाई एक साता लम्ब्याएको बताउनुभयो । यो एक साता निषेधाज्ञालाई पूर्ण कडाईका साथ कार्यान्व्यन गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएको उहाँले बताउनुभयो ।

Back to top button