स्वच्छ वातावरणमा बाँच्न पाउने हक सार्थक बनाउन प्रण गरौँ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले प्रदान गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन प्रण गर्न आह्वान गर्नुभएको छ ।

विश्व वातावरण दिवसको अवसरमा उहाँले सबैलाई आ–आफ्ना वरिपरिको वातावरण सफा र स्वच्छ राख्न आग्रह गर्नुभएको हो ।

प्राकृतिक स्रोतको दोहनले पारिस्थितिकीय प्रणाली असन्तुलन भएकाले सबैलाई प्राकृतिक जीवनशैली अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।

नेपालमा रहेको प्राकृतिक मनोरम वातावरण, जैविक विविधतालाई उपयोग गर्न सके सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय लक्ष्य पूरा गर्न समय नलागने उहाँले बताउनुभयो ।

Back to top button