माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहको दुई दिने केन्द्रिय कमिटी बैठकपछि आज स्थायी कमिटी बैठक बस्दै छ । आज दिउँसो १ बजे बोलाइएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षसँग वार्ता गर्ने विषयमा छलफल हुने एक नेताले बताउनुभएको छ ।

पछिल्लो समय नेपाल र ओली दुबै पक्षबीच निकटता बढ्दै गएको छ । पुनर्गठित मन्त्रिपरिषदमा प्रधानमन्त्रीले आफूसँग राख्नुभएको ७ वटा मन्त्रालय नेपाल समूहको लागि सुरक्षित राखेको चर्चा राजनीतिक वृतमा चल्न थालेको छ ।

Back to top button