जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न नवनियुक्त मन्त्री अरगरियाद्वारा अध्ययन समिति गठन

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्नका लागि अध्ययन समिति गठन गर्नुभएको छ ।

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको संयोजकत्वमा गठित समितिले अध्ययनपछि आवश्यक सिफारिससहित प्रतिवेदन दिनुहुनेछ ।

मन्त्री अरगरियाले मन्त्रालयमा कामको सुरुवात जानकी मन्दिरबाट गनुृभएको छ । उहाँले जानकी मन्दिरको संरक्षण, संबद्र्धन र प्रबद्र्धन आवश्यक रहेको बताउनुभयो ।

Back to top button