उपप्रधानमन्त्री महतोको ‘बहुल राष्ट्रिय राज्य’ प्रति एमालेका नेता गौतम र भट्टराईको आपत्ति

विराटनगर । मधेसको राजनीतिक मुद्दा पूरा गर्न सरकारमा सहभागी भएका जसपाका संसदीय दलका नेता तथा उपप्रधानमन्त्री राजेन्द्र महतोले पदभार ग्रहणपछि दिएको अभिव्यक्तिप्रति एमालेका नेताहरुले विरोध गर्न थाल्नुभएको छ ।

महतोले ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाको मुद्दा लिएर सरकारमा सहभागी भएको अभिव्यक्ति दिनुभएको थियो । उहाँले उक्त एजेण्डा पूरा गर्नका लागि सरकारबाटै संघर्ष गर्ने बताउनुभएको थियो ।

एमालेका वरिष्ठ नेता वामदेव गौतमले महतोले दिएको अभिव्यक्ती संविधानको मर्म र भावना विपरीत भएको भन्दै आपत्ति जनाउनुभयो । गौतमले सामाजिक सञ्जालमा लेखेर महतोको अभिव्यक्तिप्रति आपति जनाउनुभएको हो ।

एमालेका युवा नेता योगेश भट्टराईले पनि सामाजिक सञ्जालमार्फत महतोको अभिव्यक्तिप्रति आपति जनाउनुभएको छ । उहाँले मुलुकलाई द्वन्द्वमा फसाउने अभिव्यक्ति दिने उपप्रधानमन्त्री महतोलाई लगाम लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ ।

Back to top button