बुहराष्ट्रिय कम्पनीहरुलाई करको दायरामा ल्याउने जी सेभनका सदस्य राष्ट्र सहमत

बहुराष्ट्रिय कम्पनीहरुलाई करको दायरामा ल्याउन ‘जी सेभेन’का सदस्य राष्ट्रहरु सहमत भएका छन् । ती राष्ट्रहरुले अमेजन र गुगललगायतका बहुराष्ट्रिय कम्पनीहरुबाट कम्तिमा १५ प्रतिशत अतिरिक्त कर असुली गर्ने सहमति जुटाएका हुन् ।

लण्डनमा भएको मन्त्रीस्तरीय बैठकमा ठूला कम्पनीहरुको करको दायरा वृद्धि गर्न जी सेभेन सदस्य राष्ट्रहरु सहमत भएको बताइएको छ । अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, क्यानडा, इटाली र जापानलगायतका मुलुकहरुले गरेको यस्तो निर्णयले कोरोना महामारीमा भएको ऋण भुक्तानीका लागि अर्बौं डलर प्रवाह हुने बताइएको छ ।

आगामी महिना हुने जी ट्वान्टी मुलुकहरुको बैठकमा अन्य देशलाई पनि कर प्रणालीमा आबद्ध गराइने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

Back to top button