
विराटनगर । विराटनगरस्थित बरगाछीमा एक संस्थाले आजदेखि सात दिनसम्मका लागि दैनिक २ सय परिवारलाई राहत वितरण सुरु गरेको छ । सिखर अर्गनाइजेशनअन्तर्गतका सात वटा कम्पनिहरुले दैनिक २ सय परिवारलाई राहत वितरण सुरु गरेको हो ।
प्रतिपरिवार दैनिक दुई किलो चामल, आधा किलो दाल, नुन, सोयाबिन दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्ने अति विपन्न परिवारलाई वितरण सुरु गरेको अर्गनाइजेशनअन्तर्गका नटराज एग्रो प्रालीको जेनरल म्यानेजर सिताराम गड्तौलाले बताउनुभयो ।
लामो समयदेखिको निषेधाज्ञाले दैनिक ज्याला दारी गरेर जनिव गुजारा गर्नेहरुले काम नपाउँदा भोकै बस्न नपरोस भनेर राहत वितरण सुरु गरेका छौं,’ उहाँले भन्नुभयो, ‘अन्य कम्पनी तथा संस्थाको सहयोगमा अति विपन्नलाई राहत वितरण अभियानलाई निषेधाज्ञा अवधिभर निरन्तरता दिन छलफल भइरहेको छ ।’