
विराटनगर । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै लगाइएको निषेधाज्ञाको समय थप गरिएको छ । संक्रमण नफैलियोस भन्ने उद्देश्यले ‘चेन ब्रेक’ गर्नका लागि आह्वान गरिएको निषेधाज्ञा वैसाख १८ गतेदेखि लाग्दै आएको छ ।
पटक–पटक थप्दै आएको निषेधाज्ञाको आदेश छैटौंपटक जेठ मसान्त राति १२ बजेसम्मका लागि जारी गरिएको हो । यसअघि गरिएको निषेधाज्ञाको समय भोली सकिदै थियो ।