प्रदेश २ सरकारबाट ठाकुर–महतो पक्षका मन्त्री हटाइयो

जनकपुर । जनता समाजवादी पार्टीका महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका ४ जना मन्त्रीलाई प्रदेश २ सरकारबाट हटाइएको छ । जसपाका उपेन्द्र यादव पक्षका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्री हटाएर मन्त्रिपरिषद पुनर्गठनको तयारी गर्नु भएको हो ।

भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झा, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई हटाइएको छ ।

उहाँहरुको कार्य सम्पादन सन्तोष जनक नभएको भन्दै हटाइएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले बताउनु भयो ।

ठाकुर र महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि व्यवहारिक रुपमा फुटिसके पनि औपचारिक घोषणा हुन बाँकी छ । त्यसैको परिणाम प्रदेश २ सरकारबाट ठाकुर–महतो पक्षका मन्त्रीहरुलाई बर्खास्ता गरेको हो ।

मुख्यमन्त्री राउतले कांग्रेस र माओवादी केन्द्रको समर्थनमा सरकार पुनर्गठनको तयारीमा रहेको एक नेताले बताउनुभयो । तर ठाकुर–महतो पक्ष पनि कांग्रेसलाई मुख्यमन्त्री दिएर एमालेका साथ सरकार गठन गर्ने खेलमा लागेको हो ।

Back to top button