पार्टी एकताका लागि खनाल–नेपाल पक्षलाई प्रधानमन्त्री ओलीको ६ बुँदे प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सार्नुभएको छ ।

खनाल–नेपाल समूहको स्थाायी कमिटी बैठकले गरेको निर्णय अनुसार पार्टीलाई २०७५ साल जेठ ३ को अवस्थाबाट अघि बढाउन तयार रहेको प्रस्तावमा उल्लेख छ ।

त्यसका लागि विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिनुपर्ने लगायतका विषय प्रस्ततावमा समेटिएको छ ।

Back to top button