नेपाल–खनाल पक्षको स्थायी समिति वैठक बस्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि भन्दै गएराती ६ बुँदे प्रस्ताव राखेपछि पार्टीभित्र नयाँ तरङ्ग शुरु भएको छ ।

असन्तुष्ट माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले उठाउँदै आएका आधारभूत मागलाई सम्बोधन गर्ने प्रतिवद्धतासहितको प्रस्ताव आएपछि एमालेभित्र नयाँ तरङ्ग आएको हो । यहि विषयलाई लिएर नेपाल–खनाल समूहका नेताहरुबाट आ–आफ्नै धारणा आएका छन् ।

कसैले सकारात्मक भनेका छन् भने कसैले चालबाजीका रुपमा चित्रण गरेका छन् । यस्ता विषयहरु आउन थालेपछि नेपाल खनाल समूहको आकस्मिक रुपमा स्थायी समितिको वैठक आह्वान गरिएको छ ।

भर्चुअल रुपमा बस्ने भनिएको वैठकले साझा धारणा तय गर्ने भनिएको छ ।

Back to top button