निषेधाज्ञा उलङ्घन गर्दै हिडेको जन्ति रोक्दा रौतहटमा झडप, डिएसपी सहित ६ जना प्रहरी घाइते

रौतहट । निषेधाज्ञा उलङ्घन गर्दैै ठूलो संख्यामा बाजागाजा सहित हिडेको जन्ति रोक्न खोज्दा रौतहटको गरुडामा प्रहरीसँग स्थानीयको झडप भएको छ ।

झडपमा परि इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक (डिएसपी) द्वारिका घिमिरेसहित ६ प्रहरी घाइते हुनुभएको छ । गरुडा नगरपालिका– ९ गेडहिगुठी टोलमा निषेधाज्ञाको बेला चर्को बाजागाजा सहित ठूलो संख्यामा जन्ती जान लागेको टोलीलाई प्रहरीले रोक्न खोजेको थियो ।

प्रहरीले सम्झाउदै गर्दा स्थानीयले घेरा हालेर प्रहरी माथि नै आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरी टोलीमाथि आक्रमणमा संलग्न भएको भन्दै प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

Back to top button