सामाजिक सञ्जालमा आपत्तिजनक पोष्ट गरेकाले क्रिकेटर रोबिनसन निलम्बित

काठमाडौं । एघार वर्ष पहिले सामाजिक सञ्जाल ट्विटरमा आपत्तिजनक पोष्ट गरेका कारण इङ्ल्याण्ड क्रिकेट टिमका बलर ओली रोबिनसनलाई अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बन गरेको छ ।

इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले रोबिनसनलाई ट्विटरमा रंगभेद हुने र यौनिक ट्विटहरु पोस्ट गरेको विषयमा अनुसन्धान गर्न निलम्बन गरेको हो ।

रोबिनसन न्युजिल्यान्डविरुद्धको खेलबाट टेस्ट टिममा डेब्यु गर्नुभएको थियो । उहाँले सन् २०१२ देखि ०१३ को समयमा गरिएको ट्विटको विषयमा अनुसन्धान गर्न निलम्बन गरेको छ ।

Back to top button