करिब ७ हजार कोरोना संक्रमणमुक्त

काठामाडौं । गत २४ घण्टामा देशभरबाट करिब ७ हजार जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कोरोना अपडेटको जानकारी अनुसार आज ६ हजार ९ सय ५१ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ। यस्तै, पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७२ जना संक्रमित थपिएका छन् । यो अवधिमा ९२ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Back to top button