६० देखि ६४ वर्ष उमेरका वृद्धवृद्धालाई आजदेखि खोप लगाउँदै

विराटनगर । चीनले अनुदानस्वरुप दिएको भेरोसेल खोप आजदेखि लगाउन सुरु भएको छ । कोरोनाविरुद्ध खोप अभियानको नयाँ चरणमा देशभरिका ६०–६४ वर्ष उमेरका वृद्धवृद्धालाई जिल्ला जिल्लामा खोप लगाउन सुरु भएको हो ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष रहेका प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले खोप केन्द्र तोक्ने लगायतका सम्पूर्ण व्यवस्थापन गर्नुभएको छ ।

प्रदेश १ को सबै जिल्लामा खोप पुर्‍ याएर तोकिएको व्यवक्तिलाई मात्रै लगाउन सामाजिक विकासमन्त्री उषाकला राईले निर्देशन दिनुभएको छ ।

Back to top button